कोरोनाभाइरस संक्रमण बढेको भन्दै गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको हो।
‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं’,विज्ञप्तीमा भनिएको छ,‘यो साता कुनै पनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्यौं।’
परिस्थिति अनुकूल भए अर्को सातादेखि सो नियमित हुने आयोजकले जानकारी दिएको छ।