लामो समय नेपालमा कलाकारिता र सञ्चार कर्म गरी हाल अस्ट्रेलिया रहेका राजु अर्यालको निर्देशनमा 'फूल काँडा' बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।
निर्देशक अर्यालकै शब्द रहेको गीतमा एलिना चौहान र मानस राजले स्वर दिएका छन्।
सुरज पौडेल, आना ढकाल, उत्सव भट्टराई र राजन कुँवरले भिडिओमा अभिनय गरेका छन्।
जितेन न्यौपाने र सागर तामाङले अस्ट्रेलियाका कलाकारसँगै अस्ट्रेलियाका विभिन्न ठाउँलाई क्यामेरामार्फत् उत्कृष्ट कैद गरेका छन्।