गायक पुरन प्रधानको नयाँ गीत ‘गोरो मुहार’ को भिडिओ सार्वजनिक भएको छ। भिडिओ सोमबार युट्युबमा सार्वजनिक भएको हो।
निर्देशन अनुप चापागाईंले निर्देशन गरेको भिडिओमा कलाकार सुनील क्षत्री, उषा उप्रेती र अपेक्षा बजगाईंले अभिनय गरेका छन्। विनय दवाडीको शब्द तथा संगीतमा बनेको गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन्।
रमाइलो शैलीमा तयार पारिएको गीतको भिडिओ हाइलाइट नेपालको च्यानलमार्फत् सार्वजनिक भएको हो।