बलिउडमा पछिल्लो समय स्टारका छोराछोरीहरूले डेब्यू गर्ने सिलसिला चलेको छ।
गत वर्षको सुरूवातमा श्रीदेवीकी छोरी जाह्नवी कपुरले डेब्यू गर्दा वर्षको अन्त्यतीर सैफ अलि खानकी छोरी सारा अलि खानले बलिउडमा धमाकेदार डेब्यू गरिन्।
यस्तैमा सामाजिक संजालमा चर्चित रहेकी खुशी कपुरले डेब्यू अगाडी एउटा खुलासा गरेर सबैलाई आश्चर्यमा पारेकी छन्।
यसअघि उनले शाहरूख खानका छोरा आर्यन खानसँग बलिउडमा डेब्यू गर्ने चर्चा थियो। खुशीलाई डेब्यू गर्ने जिम्मा करण जोहरले लिएका छन्। आर्यनलाई पनि उनैले डेब्यू गराउने सोचिदै आएको छ। त्यसैले गर्दा पनि आर्यन र खुशी एकसाथ डेब्यू हुने अनुमान गरिदैं आइएको थियो।
तर बलिउड अभिनेत्री नेहा धुपियाको अन्तरवार्ता कार्यक्रममा खुशीले भने आफ्नो बेग्लै धारणा राखिन्।
उनी सो कार्यक्रममा आफ्नी दिदी जाह्नवी कपुरसँग पुगेकी थिइन्। उनलाई नेहाले उनी कोसँग डेब्यू गर्न चाहन्छिन भनेर सोधेकी थिइन। त्यसैको जवाफ दिने क्रममा उनले शाहरूखका छोरा आर्यनको सट्टा अर्कै एकको नाम लिइन्।
यस प्रश्न सोध्ने क्रममा नेहाले खुशीलाई शाहरूखका छोरा आर्यन खान, चंकी पाण्डेका भजिता अहान खान तथा जावेद जाफरीका छोरा मजान जाफरीको नाम मध्येबाट एकको छनौट गर्ने विकल्प दिएकी थिइन।
जवाफमा खुशीले अहानको नाम रोजिन्।
योसँगै खुशीले आफ्नोपहिलो को-स्टारको छनौट आफ्ना बाबु बोनी कपुरको सहमतिमा लिने बताएकी थिइन। उनले आफ्नो छनौटमा बाबुलाई मनाउने पनि बताइन्। आफू बाबुको प्यारी भएकाले उनलाई मनाउन सक्ने उनको धारणा थियो।