दुई साता अगाडि रिलिज भएको अजय देवगन, तब्बु तथा राकुल प्रीत स्टारर 'दे दे प्यार दे' वक्सअफिसमा सुपरहिट सावित भएको छ।
रिलिजको दुई सातामा सिनेमाले ८४.४९ करोड भारू कमाइ गरिसकेको छ। सिनेमाले यस साता सय करोडको आँकडा छुने अनुमान गरिएको छ।
आदिब अलि निर्देशित सिनेमाले रिलिजको पहिलो साता ६१.०५ करोड भारू कमाइ गरेको थियो भने दोश्रो सातामा २३.४४ करोड भारू कमाइ गरेको थियो।
अर्को साता सलमान खान स्टारर 'भारत' रिलिज हुने भएकाले सिनेमाले सय करोड पार गर्छ या गर्दैन भन्नेमा पनि संशय रहेको छ। त्यसैले सिनेमाले यस साता गर्ने व्यापारमा सय करोड कमाइ को भविष्य टिकेको छ।
शहरी सिनेमाघरहरू त्यसमा पनि मल्टिप्लेक्सहरूमा सिनेमाले राम्रो प्रदर्शन गरिरहेको छ।