हाल शाहिद कपुर आफ्नो निकट रिलिज 'कबिर सिंह'को प्रचारप्रसारमा व्यस्त छन्। शाहिद आफ्ना व्यक्तिगत कुराका बारेमा सधैं खुलस्त रहँदै आएका छन्। उनले आफ्ना पुर्व प्रेमिकाहरू करिना कपुर र प्रियंका चोपडासँगको सबालमा उनी कहिल्यै मौन रहेका छैनन्। प्रश्न आउँदा त्यसको जवाफ दिने गरेका छन्।
शाहिदको जीवनमा पहिले करिना कपुर आइन्। उनीहरूको प्रेम निक्कै समय चल्यो तर पछि उनीहरू छुट्टिए। त्यसपछि उनको जीवनमा प्रियंकाको प्रवेश भयो। यो सम्बन्ध भने खासै लामो समय टिकेन। त्यसपछि उनले सिनेमा क्षेत्र बाहिरकी मिरासँग विवाह गरे।
गत वर्ष प्रियंकाले पनि बिहे गरिन्। प्रियंकाको बिहे भोजमा शाहिद आफ्नी पत्नीसहित गए र वैवाहिक जीवनको शुभकामना दिए। उनी करिनाको बिहेमा भने गएनन्।
उनी करिनाको बिहेमा किन गएनन् भन्ने बारेमा हालै उनले खुलासा गरेका छन्।
एक पत्रिकालाई दिएको अन्तरवार्तामा उनले करिनाको बिहे भएको लामो समय भएकाले किन नगएको भन्ने बारेमा धेरै याद नभए पनि आफूलाई निम्ता नआएका कारण नगएको हुनुपर्छ भनेर बताए।
उनलाई प्रियंकाको विवाहमा जानुभयो तर किन करिनाको विवाहमा जानु भएम भनेर सोधिएको प्रश्नको उत्तर दिदै शाहिदले यस्तो बताएका हुन्।
ब्रेकअपका बीच नै शाहिदले करिनासँग 'जब वि मेट' सिनेमामा काम गरेका थिए भने 'उड्ता पंजाब'मा पनि दुबैले अभिनय गरे। भलै 'उड्ता पंजाब'मा यी दुईको सँगै कुने दृश्य सिनेमामा थिएन।
यसका साथै शाहिदले करिना र प्रियंकासँगको पलहरूलाई मेटाउन चाहनुहुन्छ या हुँदैन? भन्ने प्रश्नमा पनि आफ्नो इमानदार धारणा राखे।
'मेरो करिनासँगको लामो समयको सम्बन्ध रह्यो। प्रियंकासँग छोरो समयको रह्यो। मलाई लाग्छ, आज म जे छु यी सबै अनुभवका कारणले छु। त्यसैले म कुनै पनि याद मेटाउन चाँहदिन किनकी यसबाट मैले धेरै कुरा सिकेको छु', शाहिदले भने।
उनले प्रियंका र निकलाई विवाहको शूभकामना दिदैं आफू प्रियंकाको प्रगतिबाट खुशी रहेको बताए। उनले प्रियंका सदैव अन्तराष्ट्रिय स्टार बन्ने खुबी रहेको र आज उनले त्यो साबित गरेको बताए।