रंगकर्मी प्रदीप कुमार चौधरीको निर्देशनमा थारु भाषाको गीत 'घुईम घुईमके ताकै बालिके' सार्वजनिक भएको छ। आइतबार साँझ युट्युब मार्फत गीतको भिडियो सार्वजनिक भएको हो।
चौधरीले रचना गरेको गीतमा थारु मोडल देबिन चौधरी र एण्डिशा चौधरीको अभिनय छ। यसै गीतको भिडियो मार्फत आकृति चौधरीले पनि डेब्यु गरेकी छिन्। गीतमा पश्चिम कैलालीकी अन्नु चौधरी र चितवनका गायक मनोज महतोको आवाज छ। चितवनका सुदिप खतिवडाले संगीत भरेको यो गीतलाई सप्तरीका प्रसिद्ध थारु गायक विजय चौधरीको संगीत संयोजन गरेका छन।
निर्देशक प्रदीप कुमार चौधरीले गीतमा पर्व मेची देखि पश्चिम् महाकालीसम्मका दर्शकहरु सबैले बुझ्ने सजिलो मानक भाषा प्रयोग गरिएको जानकारी दिए।
सुनसरी र सप्तरी जिल्लाका सुन्दर ठाउँहरु खिचिएको यो गीत थारु भाषाको संस्कृतिलाई नयाँ समय अनुसार फयुजन गरिएको छ।
गीतमा श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको छ।