कर्णराज गिरी रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएका छन्। शुक्रबार भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएका सर्लाहीका गिरी टप ११ बाटै बाहिरिएका हुन्।
ट्याक्सी चलाउँदै आएकार गिरीले औपचारिक रुपमा संगीत नसिकेपनि उत्कृष्ट गायनका आधारमा जजहरुले निकै तारिफ गर्ने गरेका थिए।
सानैबाट गीत संगीतमा लाग्ने रुची भएपनि कर्णराजलाई आर्थिक समस्याले सधै पिरल्यो । उनी सानो हुँदा नै उनले बुबालाई गुमाएका थिए । सर्लाहीका कर्णराजले काठमाडौंमा ट्याक्सी चलाउन थाले । विगत ३–४ बर्षदेखि रातको समयमा ट्याक्सी चलाउँदै उनले दिउँसो भने संगीतलाई समय दिएका थिए ।
कर्णराजका श्रीमती र २ सन्तान छन् । ट्याक्सी चलाउँदै गर्दा गीत गाउने कर्णराजको स्वरलाई यात्रुहरुले पनि खुबै मन पराएका थिए ।
उनको केही दिनअघि आमाको निधन भए पनि प्रतिस्पर्धामै रहेका थिए।
उनले नकाउट राउण्डमा सागर हमाल र सुरक्षा सेञ्चुरीसँग प्रतिस्पर्धा गरेका थिए । कर्णराज कोच तृष्णाको टिममा थिए।