प्रभु बैंकले ऋणपत्र निष्काशण गरेको छ। लगानीकर्ताहरुका लागि बैंकले ऋणपत्रका लागि दरखास्त आव्हान गरेको हो।
यो ऋणपत्र ८ वर्ष अवधिको हुने छ। यसरी ऋणपत्रमा लगानी गर्नेहरुले वार्षिक १० प्रतिशत व्याजदर पाउने बैंकले जानकारी दिएको छ।
सोमबारदेखि ऋणपत्रका लागि दरखास्त खुला भएको छ। ऋणपत्रका लागि दरखास्त दिनका लागि न्यूनतम २५ कित्ताका लागि दरखास्त दिनुपर्ने छ भने अधिकतम ३ लाख कित्ता।
प्रतिक कित्ता हजार हुने यो ऋणपत्रबाट २ अर्ब उठाने बैंकले लक्ष्य लिएको छ। यसमा सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट ७६ करोडको ऋणपत्र बिक्री गर्ने र १ अर्ब २० करोड व्यक्तीगत तरबारबाट बिक्री गरिने छ।
ऋणपत्र बिक्रीका लागि बैंकले नविल इन्भेष्टमेन्ट बैकिङलाई तोकेको छ। ऋणपत्रको विवरण तथा दरखास्त दिनका लागि नविल इन्भष्टमेन्टको वेबसाइटबाट प्राप्त गर्न सकिने छ।
ऋणपत्रका लागि दरखास्त दिने अन्तिम मिति न्यूनतम साउन २३ र अधिकतम भदौ १ सम्म हुने छ।