कुमारी बैंकले देव: विकास बैंकलाई लिएपछि देशभर दुई दर्जन ठाउँका शाखा गाभ्ने भएको छ।
बैंकले सार्वजनिक सूचना जारी गर्दै विभिन्न ठाउँमा रहेका शाखाहरु गाभ्ने जानकारी दिएको छ। देव: विकास बैंक र कुमारीका शाखा नजिकै परेका ठाउँमा गाभेर एकै ठाउँबाट सेवा दिने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार काठमाडौंको नक्साल, कोटेश्वर,बौद्ध,कालिमाटी,बानेश्वरमा देव: विकास बैंक र कुमारी बैंकका शाखामध्ये एकै ठाउँबाट सेवा दिने भएको हो।
त्यस्तै टहरि,धनगढी,पोखरा,बुटवल,वीरगञ्ज,नेपालगञ्ज,कावासोती,तुल्सीपुर,नारायणगढ,कोहलपुर,कुश्मा,कञ्चनपुर,नारायणपुर,
ठाकुरबाबा,जीतपुर,बनेपा,मेलम्ची,गैँडाकोट र खैरेनीमा शाखा गाभ्ने भएको हो।