सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘डिजिटल दक्षिणा दिऊँ, क्यास व्याक लिऊँ’ योजना सार्वजनिक गरेको छ।
बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दसैंमा दक्षिणा पठाउँदा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन्
बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दसैंको दिनदेखि द्वादशीसम्म तीनपटक गरी ५ सय रुपैयाँ भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसरी दक्षिणा पठाउँदा विवरणमा ‘दक्षिणा’ भनेर खुलाउन पर्ने छ।
यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास गर्ने पुग्ने विश्वास बैंकले लिएको छ।
सिटिजन्स बैंकले १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट सेवाहरु दिदैं आएको छ।