फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघमा आबद्ध उद्यमीलाई ज्योति विकास बैंकले सहुलियत कर्जा दिने भएको छ।
कर्जा सेवाका लागि बैंक र महासंघ बीच सम्झौता भएको हाे।
सम्झौता पत्रमा बैंकका प्रमुखकार्यकारी अधिकृत चन्द्रभट्ट र महासंघका महासचिव ओमबहादुर वस्नेतले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकले महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन,कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ।
साथै बैंकले महासंघ अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्ने बताएको छ।
बैंकले हाल १ सय ५ शाखा कार्यालय, एक एक्सटेन्सनकाउन्टर तथा ६२ वटा एटिएम बुथ मार्फत् सेवा दिँदै आएको छ।