महालक्ष्मी विकास बैंकले महिलामैत्री शौचालय निमार्णका लागि आर्थिक सहयोग गरेको छ।
बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्धनगर नगरपालिका वडा न. १ स्थित बेलहिया माध्यामिक विद्यालयलाई सहयोग गरेको हो।
बैंककाअनुसार विद्यालयलाई एक लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बुधबार आयोजित एक कार्यक्रमका बीच शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई चेक हस्तान्तरण गरेका हुन्।