सानिमा बैंकले सानिमा फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ ।
नेपालमा पहिलो पटक ग्राहकले आफू लगायत तीन वा सोभन्दा बढी परिवारका सदस्यहरूका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी एक लाख रुपैयाँसम्मको औषधी उपचार बीमा सहितको उक्त खाता बैंकले सञ्चालनमा ल्याएको हो।
बैंकले वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँको ६ घातक रोगहरूको बीमा, २५ हजार रुपैयाँको अवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज जस्ता सुविधाको पनि व्यवस्था गरेको छ।
यसबाट ग्राहकहरूलाई औषधी उपचार खर्च गरी बीमा बापत सोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकले बताएको छ।
ग्राहकले आफ्नो बीमा पोलीसी नम्बर उपलब्ध गराएर औषधी उपचार गराउन सक्ने यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ।
साथै, भिसा नेटवर्कका एटिएमबाट नेपालमा निःशुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत छुट, निःशुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, निःशुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा आदिमा विशेष छुट प्रदान गरेको बैंकले बताएको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटिएम सञ्चालनमा रहेका छन्।
प्रकाशित मिति: बुधबार, भदौ १, २०७९, ०७:४८:१४