सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको छ।
उक्त व्यवस्था अन्तर्गत बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु/सेवाहरूको खरिदमा विशेष छुट पाउने भएका छन्।
बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक, द पनाछे विउटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्टस् होटल, आवरण स्किन क्लिनिक, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट, तुसाल मल्टि भेन्यू, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरूसँग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको बताएको छ।
यसैगरी बैंकले ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।
बैंकको देशको सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन्।