वायुसेवा सञ्चालक संघले भदौ १ अघि नै आन्तरिक उडान केही खुकुलो पार्न आग्रह गरेको छ।
वर्षाका कारण सडक यातायात अवरुद्ध भइरहेको अहिलेको समयमा हवाइ यातायातलाई खुकुलो पार्दा राम्रो हुने संघले सुझाव दिएको छ।
संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गर्दै सो सुझाव दिएको हो।
संघले अहिले कोभिड १९ को संक्रमणबाट बच्नका लागि सबै एयरलाइन्सले तयारी गरिसकेको र नागरिक उड्डयन प्राधिकरणले पनि नियम बनाइसकेकाले सोहीअनुसार उडान गर्न सकिने बताएको छ।
नियमित व्यावसायिक उडान खोल्न अनुमति तत्काल नदिएपनि नियमित भाडादरमा ननसेड्युल उडान गर्न दिंदा उपयुक्त हुने संघले सुझाव दिएको छ।