प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन्।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा देशवासीलाई शुभकामना सन्देश दिन सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीले कोरोना महामारीविरूद्ध सतर्कता र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
०७७ साल कोरोना महामारीसाथै राजनीतिक अस्वस्थता देखिएको प्रधानमन्त्रीको भनाइ छ।
उनले मेलम्चीको पानी काठमाडौंमा ल्याउन र घरघरमा पानी पुर्याएर खुसीयाली बाँड्न सफल भएको बताए।
उनले सबै कुराभन्दा जनताको जीवन पहिलो भएको उल्लेख गरेका छन्।
‘नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन। उद्योग र विद्यालय केही समय बन्द भए केही समयमै पुनसञ्चालन गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने।
आफूहरूको सही नीतिकै कारण कोरोनाबाट तुलनात्मक रूपमा नेपालमा कम क्षति भएको प्रधानमन्त्री ओलीको दाबी छ। कृषि उपजमा वृद्धिदर राम्रो रहेको प्रधानमन्त्रीको भनाइ छ।
व्यापार घाटा संतुलनतर्फ फर्काउने प्रयास जारी रहेको उनले बताए। गत वर्ष सफलताको वर्ष भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
हेर्नुस् लाइभ: