अर्थमन्त्री जनार्दन शर्माले संवैधानिक व्यवस्थाअनुसार नै प्रतिस्थापन विधेयक ल्याएको बताएका छन्।
प्रतिपक्ष नेकपा एमालेसँग सहकार्य गर्न सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रयास गरे पनि त्यो सफल नभएपछि बाध्य भएर प्रतिस्थापन विधेयक ल्याउनु परेको उनले बताए।
प्रतिस्थापन विधेयक पढेर बाहिरिएका अर्थमन्त्री शर्माले पत्रकारहरूसँग भने, ‘आर्थिक अराजकता नियन्त्रण गर्न खोजिएको छ। अर्थ नभएका योजनामा बजेट विनियोजन भएका रहेछन् ती हटाइएको छ।’
उनले तालिम, बैठकका भत्ता कटौती गरेर ५ अर्ब कोरोना खोप खरिदका लागि विनियोजन गरेको बताए।
पाँच लाख गरिबलाई एक पटकका लागि १० हजार आर्थिक सहयोग दिने र मासिक रूपमा दीर्ग रोगीलाई ५ हजार भत्ता दिने निर्णय भएको उनले बताए।