नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन्।
जण्डिसको वंशानुगत समस्या भएका पुन केहीदिनदेखि बिरामी छन्।
सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनलाई बुधबार बिहान बैंककस्थित समितिभेज अस्पतालमा लैजान लागिएको पुन निकट स्रोतले सेतोपाटीलाई बतायो।
पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको बताइएको छ।
४ वर्षअघि पनि पुनलाई यस्तै समस्या देखिएको हो। त्यो बेलामा समेत पुनले बैंककमा उपचार गराएका थिए।