पोखराको फेवाताल लामो समयदेखि अतिक्रमणको शिकार हुदैँ आएको छ।
२०३१ सालमा फेवातालको बाँध फुटेको मौका पारेर २०३४ सालमा हजार रोपनी भन्दा बढी जग्गा व्यक्तिको नाममा पास गरियो। पछिल्लो समय फेवाताल किनारा पुर्ने काम भएका छन्। सीमसार क्षेत्रमा सूचीकृत फेवाताल संरक्षणको दायित्व केन्द्र सरकारमा आएको छ। तर ताल संरक्षणको साटो अतिक्रमणमा पर्दै आएको छ।
फेवाताल जस्ता सीमसारले सीमसारले सामान्यतया त्यस क्षेत्रको जलवायूको चक्रलाई कायम राख्छ। जमिनमा पानीको रिचार्ज गर्छ। चरा चुरुङ्गी देखि जीव जन्तु जोगाउँछ। कतिपयलाई यस्ता सिमसार पुर्नु सामान्य लाग्ने गरेको छ। तर यसले (इकोसिस्टम) पारिस्थितिक प्रणालीमा नै असर पार्छ। त्रिभुवन विश्वविद्याल मार्फत् सरकारले गरेको पछिल्लो अध्ययनले फेवातालको पानी पिउन अयोग्य भएको छ। डुङ्गा चलाउने जस्ता मानविय गतिविधि र उचित निकासको अभावले पानीमा फोहोरको मात्रा बढ्दै गएको अध्ययनले देखाएको छ।
सेतोपाटीमा हामीले यस्ता सीमसार क्षेत्रको महत्वबारे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक रमेशराज पन्तसँग कुराकानी गरेका छौँ। भिडिओ -