पाकिस्तानविरुद्धको पहिलो टेस्टमा घरेलु टिम इंग्ल्यान्डले रोमाञ्चक जित हात पारेको छ।
शनिबार २ सय ७७ रनको लक्ष्य इंग्ल्यान्डले ३ विकेटको क्षतिमा पार गर्यो।
इंग्ल्यान्डको जितमा मध्यक्रमका ब्याट्सम्यानद्वय जोस बटलर र क्रिस ओएक्सले उत्कृष्ट ब्याटिङ गरे। बटलरले ७५ रन र ओएक्सले नटआउट ८४ रन जोडे। ओऐक्स प्लेयर अफ दि म्याच भए।
बलिङ पाकिस्तानका यासिर शाहले ४ विकेट लिए पनि जितका लागि पर्याप्त हुन सकेन।
त्यसअघि इंग्ल्यान्डले ११७ रनमा ५ विकेट गुमाउदा पाकिस्तान हाबी देखिएको थियो। तर बटलर र ओएक्सले उत्कृष्ट ब्याटिङ गरेर इंग्ल्यान्डलाई जित दिलाए।
पहिलो इनिङमा १०७ रनको अग्रता लिएको पाकिस्तान दोस्रो इनिङमा १६९ रनमै अलआउट हुँदा इंग्ल्यान्डले २७७ रनको लक्ष्य पाएको थियो।
पहिलो इनिङमा इंग्ल्यान्ड २१९ रनमा अलआउट हुँदा टस जितेर पहिले ब्याटिङ गरेकोे पाकिस्तान ३२६ रन जाडेको थियो।