सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र क्लबले दोस्रो जित हात पारेको छ।
तेस्रो चरणको अन्तिम खेलमा मछिन्द्रले बुधबार साँझ दशरथ रंगशालामा भएको जावलाखेल युथ क्लबलाई २-० गोलले पराजित गर्यो।
मछिन्द्रले खेलको १४ मिनेटमा अग्रता लिएको थियो। मछिन्द्रका खेलाडीको प्रहार रोक्ने क्रममा जावलाखेलका सिमान्त थापाले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
२२ मिनेटमा रन्जित धिमालले मछिन्द्रको अग्रता दोब्बर पारे। उनले डिबक्स बाहिर प्राप्त फिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।
जितसँगै मछिन्द्र अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। मछिन्द्रले ३ खेलबाट ७ अंक जोडेको छ।
शीर्ष स्थानको सातदोबाटो युथ क्लबको पनि ७ अंक छ भने तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले पनि ७ अंक नै जोडेको छ।
चौथो स्थानको संकटा र पाँचौ स्थानको त्रिभुवन आर्मी क्लबको समान ५-५ अंक छ। यता लगातार तेस्रो खेलमा पराजित जावालखेल १३औं स्थानमा छ।
हेर्नुहोस् तस्बिरमा। सबै तस्बिरः निशा भण्डारी