इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले हराउँदै तालिकाको सातौं स्थानमा यथावत छ।
पहिलो हाफमा गोलरहित बरबारीमा सकिएको खेलका सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो।
म्यानचेस्टर युनाइटेडका लागि एलान्गा, गिनउड र राशफोर्डले गोल गरेका थिए। ब्रेनफोर्डका लागि टोनीले सान्तवना गोल फर्काएका थिए।
खेलको ५५औं मिनेटमा उन्थोनी एलाग्नाले गोल गर्दै युनाइटेडलाई सुरूआती अग्रता दिलाएका थिए। ६२ औं मिनेटमा मासन ग्रिनउडले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछि खेलको ७७ औं मिनेटमा मार्कस राशफोर्डले गोल गर्दै युनाइटेडलाई ३-० ले अगाडि बढाए। तर खेल सकिन पाँच मिनेट बाँकी रहँदा घरेलु टोलीले गोल फर्कायो। उसका लागि ८५ औं मिनेटमा इभान टोनीले सान्तवना गोल गरेका थिए।
यो जितसँगै युनाइटेटको २१ खेलबाट ३५ अंक भएको छ। उसले छैठौं स्थानको आर्सनलसँग अंक बराबरी गरेको छ।
तालिकामा ५६ अंकसहित म्यान्चेष्टर सिटी शीर्ष स्थानमा छ। लिभरपुल दोस्रो र चेल्सी तेस्रो स्थानमा छन्। म्यान्चेष्ट युनाइटेडसँग पराजित ब्रेनफोर्ड २३ अंकसहित १४ औं स्थानमा छ।