एनआईसी एशिया बैंक र एपोलो हस्पिटलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई एपोलो हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्रदान गरिने छ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलका उप–महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे।
बैंकले देसभरि २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४५ वटा एक्सटेन्सन काउण्टर एवं ३२ वटा शाखा रहित बैंकिङ्ग ईकाई बाट बैंकिङ कारोबार गर्दैआएको छ।