सानिमा बैंकले गैर आवासीय नेपालीहरुका लागि सानिमा एनआरएन मुद्दती खाता ल्याएको छ। यो खाता गैर आवासीय नेपालीहरुले अमेरिकी डलरवा पाउण्ड स्टर्लिङ वा यूरो मुद्रामा खोल्न सक्छन्।
विदेशमा कमाएको पैसा नेपालमा मुद्दती खाता खोली अमेरिकी डलरमा ५ प्रतिशत, पाउण्ड स्टर्लिङमा ३ प्रतिशत र यूरोमा २ प्रतिशत को उच्चतमव्याजदर प्राप्तगर्न सकिन्छ।
यो खाता खोल्दा न्यूनतम रकम १० हजार (अमेरिकी डलर, पाउण्ड स्टर्लिङ वा यूरो) लाग्नेछ।
२ वर्ष अवधिको यो मुद्दती खाता अवधि समाप्तभए पछि साँवा तथा व्याजको रकम निक्षेपकर्ताले निक्षेप जम्मा गरेकै मुद्रामा जुन देशबाट निक्षेपको रकमजम्मा गरेको हो सोही देशमा निक्षेपकर्ताको नाममा खोलेको खातामा फिर्ता लैजान सक्ने बैङ्कले जानकारी दिएको छ।
सानिमा बंैकका सात वटै प्रदेशमा गरी हाल ७९ वटाशाखा,१ एक्सटेन्सन काउन्टरर ७५ वटा ए.टि.एम. रहेका छन्।