चालु आर्थिक वर्षको पहिलो महिना विदेशबाट आउने रेमिट्यान्समा झिनो बृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार साउन महिनामा अघिल्लो वर्षको तुलनामा २ प्रतिशतलेमात्र रेमिट्यान्स बढेको छ।
अघिल्लो वर्षको साउनमा ३३ प्रतिशतले बढेको रेमिट्यान्सको बृद्धिदर यो वर्ष खुम्चिएको हो। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउनमा ७५ अर्ब रेमिट्यान्स भित्रिएको छ। जुन अघिल्लो वर्ष ७३ अर्ब आएको थियो।
अमेरिकी डलरमा भने यो भन्दा न्यून बृद्धिदर रहेको छ। डलर टर्ममा रेमिट्यान्सको बृद्धिदर ०.७ प्रतिशतमात्र रहेको छ।