नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा कृष्ण अधिकारी नियुक्त भएका छन्। शनिबार बसेको संचालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो।
करिब चार महिना बैंकको सिइओ खाली भएपछि गत साउन १५ मा बैंकले नयाँ सिइओको लागि आवेदन माग गरेको थियो। आवेदन दिएका १४ जनामध्ये बैंकले अधिकारीलाई सिइओ नियुक्त गरेको हो।
बैंकको सिइओको कार्यकाल ४ वर्षको हुन्छ। अर्थात नेपाल बैंकलाई नेतृत्व आगामी चार वर्षसम्म अधिकारीले गर्नेछन्। नेपाल बैंककै डेपुटी सिइओ रहेका अधिकारी तत्कालीन सिइओ देवेन्द्रप्रताव शाहको अवकासपछि कार्यकारी सिइओ भएका थिए।