नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा नयाँ शाखाको संचालनमा ल्याएको छ।
कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको उद्घाटन गरेका हुन्।
अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको विकास हुने बताए।
उनले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाए।
हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति उक्त कम्पनीमा बीमित भइसकेका छन् ।