हिमालयन बैंकले पहिलो सहायक कम्पनीको रुपमा हिमालयन क्यापिटल सुरु गरेको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले उक्त क्यापिटलको सेवा सुरु गरेको जनाकारी दिए।
मर्चेन्ट बैंकिङ तथा इन्भेस्टमेन्ट बैंकिङ सेवा दिने उद्देश्यले उक्त सेवा सुरु गरेको बैंकले जनाएको छ। हिमालयन क्यापिटलले शेयर रजिष्टार, धितोपत्र निश्काशन, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श जस्ता काम गर्ने छ।
क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैयाँ छ।
हिमालयन क्यापिटलको संचालनका लागि नेपाल धितोपत्र बोर्डले साउन २६ गते अनुमति दिइसकेको थियो। उक्त कम्पनीको प्रधान कार्यालय ठमेलस्थित कर्मचारी संचय कोषको भवनमा रहेको छ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष श्रेष्ठले पूँजी बजारलाई विस्तार गर्न यो क्यापिटलले थप सहयोग गर्ने आशा लिएको बताए।
यस्तै संचालनक समितिका अध्यक्ष तथा हिमालयन बैंकका महाप्रबन्धक शुसिल जोशीले निकट भविष्यमा हिमालयन म्युच्युअल फन्ड सेवा पनि सुरु गर्ने जनाए।