एभरेष्ट बैंकले भैरहवास्थित स्वर्गद्वारीघाटमा ‘शवदाहगृह मेशन’ स्थापना गरेको छ।
दाहसंस्कारको समयअवधि कम गराउने र प्रदुषण नियन्त्रण गर्ने उद्देश्यले शवदाहगृह स्थापना गरिएको बैंकको भनाइ छ। उक्त मेशिनको प्रयोगले २ सय ५० भन्दा बढी प्रति दाहसंस्कारको लागि आवश्यक काठलाई जोगाउँछ।
यो ‘शवदाहगृह मेसिन’ मुख्यमन्त्री शंकर पोखरेल, शिद्धार्थनगर नगरपालिकाका उपमेयर तथा सम्पूर्ण वडा अध्यक्षहरुको उपस्थितीमा उपमेयर उमा काफ्ललाई हस्तारन्तरण गरिएको थियो। सिइवो तथा इबीएल सीएसआर समितिका सदस्य गजेन्दर कुमार नेगीले मेशीन हस्तान्तरण गरेका थिए।
एभरेष्ट बैंकले आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२२ एटिएममार्फत् सेवाहरु प्रदान गर्दै आइरहेको छ।