एनआइसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भएको छ। साथै विप्रेषण कारोबार सुरु भएको छ।
उक्त सम्झौतापछि अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लेगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआइसी एसिया रेमिटमार्फत् तुरुन्त रकम भुक्तानी लिन सकिन्छ।
विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ।
लेगल रेमिटमार्फत् अष्ट्रेलियामा रहेका नेपालीले पठाएको विप्रेषण रकम नेपालमा रहेका आफन्तले सबै शाखा र काउन्टरबाट भुक्तानी पाउनसक्ने कम्पनीले बताएको छ।