सांग्रिला डेभलपमेन्ट बैंकले मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स दिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बक्स दिएको हो।
बक्सले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरुले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्नेछ।
बैंक र उक्त संस्था बिच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रमुख राजिव पौडेलले मुक्तिनाथ बिकास समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्याललाई हस्तान्त्तरण गरे।