सनराइज बैंकले आफ्नो ग्राहकलाई घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ।
लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकले बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गर्न सक्छन्।
थप ब्याज आम्दानी गर्ने चाहानेले बैकंको ‘सनराइज स्मार्ट’बाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिएको हो।
‘सनराइज स्माट’ प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घर बसेर निःशुल्क गर्न सकिने बैंकले जनाएको छ।