वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै किस्ता/ब्याज रकम वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत छुट दिने एनआइसी एशिया लघुवित्तले बताएको छ। साथै हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने जानकारी दिइएको छ।
साथै राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम उक्त वित्तीय संस्थाका ऋणीहरुले चैत्र मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरेपछि हुन आउने ब्याज रकममा पनि १० प्रतिशतको अतिरिक्त छुट दिने व्यवस्था गरिएको छ।
यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा त्यस संस्थाबाट दिइएका सबै कर्जाहरुमा लागू हुने र यसरी छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिने भएको छ।
साथै संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम गत चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सबै मासिक तथा त्रैमासिक किस्ता भुक्तानी भएका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकमको १९ लाख ८३ हजार ५ सय ६७ रुपैयाँ ग्राहकको खातामा जम्मा गरिसकेको जानकारी गराएको छ।
१०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले ४७ करोड ५५ लाख बराबरको प्रथमिक सर्वसाधारण शेयर निष्काशन (आइपिओ) भविष्यमा जारी गर्ने व्यवस्था गरेको बताइएको छ।