बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई लकडाउन अवधिको सवारीसाधनको बीमा शुल्क (प्रिमियम)मा छुट दिन निर्देशन दिएको छ।
समितिले लकडाउन अवधि (चैत ११ देखि समाप्त नभएसम्म) को अवधि गणना गरी प्रिमियम शुल्कमा छुट दिन कम्पनीहरुलाई निर्देशन दिएको हो।
हाल अधिकांश सवारीसाधन थन्किएको र केही सवारीसाधन आंशिक संचालनमा रहेको अवस्थामा बीमा जोखिम पनि न्यून भएको भन्दै समितिले प्रिमियममा राहतको व्यवस्था गर्न भनेको हो।
त्यस्तै चालु बीमा अवधिमा दावी परिसकेको सवारीसाधनको हकमा भने थन्किएको अवधिको लागि छुट लागू नहुने समितिले स्पष्ट पारेको छ।
त्यस्तै आंशिक संचालन भएका अत्यावश्यक सेवाका सवारीसाधनको हकमा सरकारले दिएको सवारीपासको अवधि छुट्याई थन्किएको अवधि गणना गरी प्रिमियम रकम तय गर्न समितिले भनको छ।
प्रिमियममा छुट दिनका लागि समितिले थन्किएको अवधिको गणना गर्ने हिसाव समेत स्पष्ट पारेको छ।
हेर्नुस् समितिकाे निर्देशन