प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गएको वर्ष बीमा शुल्क संकलनमा बृद्धि गरेपनि नाफा आर्जन भने अघिल्लो वर्षको तुलनामा न्यून गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत बढी ३ अर्ब २६ करोड बीमा शुल्क संकलन गरेको छ।
बीमा शुल्क संकलन बढाउन सफल भएपनि कम्पनीको नाफा भने खुम्चिएको छ। वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष ३१ करोड ३१ लाख नाफा आर्जन गरेकोमा गएको वर्ष भने २९ करोड ८५ लाखमात्र नाफा आर्जन गरेको छ।
११ अर्बको जीवन बीमा कोष भएको कम्पनीको २ अर्ब २५ करोड चुक्ता पुँजी रहेको छ।