सेयर बजारको परिसूचक नेप्से सोमबार ३ अंकले घटेको छ। सोमबारको कारोबारपछि परिसूचक १ हजार ६३७ अंकमा कायम भएको छ। दिनभर बजार सामान्य उतारचढावमा रह्यो।
१९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन बैंकिङ ११, अन्य ३ र जीवन बीमा समूह ९ अंकले घटे। ब्यापार ३४, होटल ९, फाइनान्स ३, निर्जीवन बीमा समूह २७ तथा उत्पादन ३ अंकले बढे। विकास बैंक समूह १ अंकमुनि रातो रह्यो।
खासगरी लघुवित्त कम्पनीहरुमा यस दिन आकर्षण देखिएको छ। सो समूह ६२ अंकले बढेको छ।
विशाल बजार कम्पनी, सारथी लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ। छिमेक लघुवित्तको संस्थापकतर्फको सेयर मूल्य भने ७ प्रतिशतले घटेको छ।
प्राइम कमर्सियल बैंकको सबैभन्दा बढी १२ करोड ४० लाखको कारोबार भएको छ। नेपाल बैंकको ८ करोड रुपैयाँ बराबरको कारोबार भयो।