ग्लोबल आइएमइ बैंकले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
शुक्रबार गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी प्रभू प्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गरे।
बैंकले विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गरेर कास्की जिल्ला, पोखरा महानगरपालिका– ९, नयाँबजारस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा उक्त काउन्टर सञ्चालनमा ल्याएको हो।
यो बैंकको २६४ शाखा सहित २३९ एटिएम, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।