साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से करिब ५६ अंकले घटेको छ।
५५.९३ अंकले घटेर परिसूचक २५७७ अंकमा कायम भएको छ। कारोबार रकम ४ अर्ब ११ करोडमा खुम्चिएको छ। यस दिन ११ कम्पनीको मूल्य बढ्यो भने १७३ कम्पनीको मूल्य घट्यो। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।
बैंकिङ २९, विकास बैंक १३८, फाइनान्स ९७, होटल तथा पर्यटन १०२, जलविद्युत १११, लगानी ३, जीवन बीमा २७२, उत्पादन १०७, माइक्रोफाइनान्स ६९, निर्जीवन बीमा १८८, अन्य ३३ र ब्यापार समूह ५६ अंकले घटे।
यस दिन मैलुङखोला जलविद्युतको मूल्य करिब १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ ४० पैसा कायम भएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्थाको मूल्य ६ प्रतिशतले बढ्यो।
गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र रैराङ हाइड्रोपावरको मूल्य ९ प्रतिशतले घटेको छ। माउन्टेन हाइड्रो नेपालको ८.५ प्रतिशतले मूल्य घट्यो। छ्याङ्दी हाइड्रोपावरको ७.९९ तथा युनाइटेड मोदी हाइड्रोको ७.८ प्रतिशतले मूल्य घट्यो।
कारोबारका आधारमा अपि पावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा नेसनल हाइड्रोपावरको १४ करोड २४ लाखको कारोबार भयो।
रिडी हाइड्रोपावर, शिखर इन्स्योरेन्स संस्थापक र हिमालयन डिस्टिलरी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।