मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेको छ।
नेप्से १.३० प्रतिशतले बढेर २००६.२८ विन्दुमा बन्द भएको हो।
मंगलबारको बजारमा चार अर्ब ८० करोड ४४ हजार ६०१ रूपैयाँको सेयर कारोबार भएको छ।
गत कारोबार दिन अर्थात् सोमबार दुई अर्ब ९५ करोड ९४ लाख ५८ हजार ५०१ रूपैयाँको कारोबार भएको थियो।
अघिल्लो दिनको तुलनामा कारोबार रकम एक अर्ब ८५ करोड रूपैयाँले बढेको हो।
यस दिन ३२० वटा धितोपत्रको एक करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४८६ रूपैयाँ २० पैसा कायम भएको छ।
यस्तै, इन्फिनिटी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ७९ रूपैयाँ पुगेको छ।
पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक ७.१८ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६७९ रूपैयाँ कायम भएको छ।
यस्तै, गुराँस लघुवित्तको मूल्य ६.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ९८० रूपैयाँमा झरेको छ।
मंगलबार साइन रेसुङ्गा डेभलपमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३९७ रूपैयाँ ७० पैसामा १८ करोड २४ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६७९ रूपैयाँमा १७ करोड १ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक १.१८ प्रतिशतले घटेको भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको छ।