साताको अन्तिम दिन आज नेप्से सूचक ४९.०४ अंकले झरेको छ। सो अंकको गिरावटपछि नेप्से २,५८४.६१ अंकमा रोकिएको छ।
आज २ सय ३१ कम्पनीको ४७ हजार ८६४ पटकको कारोबारबाट ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ७० लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् । महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै १२ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
आज सामलिङ पावर कम्पनी र न्यादी पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६ दशमलव ८० प्रतिशत घटेको छ।