भक्तपुरको ठिमीमा रोयल थाइ हस्पिटालिटी ग्रुपले १४ करोडको लगानीमा अत्याधुनिक भवन बनाउने भएको छ।
भवनमा ७ वटा रुम भएको अपार्टमेन्ट, रेष्टुरेन्ट, कफी शप, स्विमिङ पुल, अर्गानिक फार्मर मार्केट सेमिनार हल, ब्याङक्वेट हल बनाउन लागेको हो। रेष्टुरेन्टको नाम रोयल थाइ रेष्टुरेन्ट रहने छ। रेष्टुरेन्टमा थाइ परिकार बढी पाइने छ।
भक्तपुरको भाटभटेनी नजिकै साढे १३ रोपनीमा भवन बनाइने संचालक गणेश ढकालले बताए। १३ मध्ये ७ रोपनीमा पार्किङ रहने छ।
नयाँ भवनमा ५ हजार जना सम्म एकै पटक पार्टीमा सामेल हुन सक्ने ढकालले बताए।
आगामी असोजबाट संचालन गर्ने गरी काम भइरहेको छ।
नेपालमा पछिल्लो समय थाइ पर्यटक आउने क्रम बढ्दो छ। थाइल्याण्डमा लामो समय बसेर काम गरेको अनुभव भएका ढकालले उनीहरुलाई सेवा दिन पनि यो ब्यवसायले सक्ने बताउँछन् ।
वर्षाैदेखिको नेपाल र थाइल्याण्डबीचको सम्बन्ध रहेको र पछिल्लो समय यी देशहरुका संस्कृति साटासाट गर्न पनि यसले सहयोग पुर्याउने ढकालले बताए।