देशभरका होटल व्यवसायीहरको संगठन होटल संघ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित भएकी छन्। बिहीबार सम्पन्न संघको साधारणसभाबाट होटल डेल अन्नपूर्णको तर्फबाट राणा अध्यक्षमा निर्वाचित भएकी हुन्।
साधारणसभाले प्रथम उपाध्यक्षमा बिनायक शाहलाई चयन गरेको छ भने द्वितीय उपाध्यक्षमा प्रविन बहादुर पाँडे निर्वाचित भएका छन्। साजन शाक्य महासचिव भएका छन् भने विशाल कुमार बिशाल कुमार निर्वाचित भएका छन्।
देशभरका होटलहरु संलग्न उक्त संघको कार्यसमित २० जनाको छ।
नवनिर्वाचित अध्यक्षा राणाले विगतमा सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा मान्यता दिने निर्णय गरेपनि हालसम्म त्यो कार्यान्वयन नहुनु दुःखद भएको बताइन्। १० खर्बको लगानी र १० लाख भन्दा बढीलाई रोजगारी दिएको क्षेत्रलाई सरकारले बेवास्ता गरेको उनले बताइन्।
सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सहयोग गर्न संघको तर्फबाट आफू र संघले हरसम्भवन प्रयास गर्ने उनले प्रतिबद्धतता जनाइन्।
संघका निवर्तमान अध्यक्षा अमरमान शाक्यले अन्य निर्यांतमुलुक उद्योगले जस्तै होटलहरुले पनि करमा केही छुट पाउनुपर्ने माग गरे। पर्यटन क्षेत्रको मेरुदण्ड होटल भएको र यसको विकास नहुँदासम्म उच्चस्तरीय पर्यटक आउन सम्भवन भएको भन्दै उनले कर छुट सरकारले दिनुपर्ने बताए।
त्यस्तै नेपालमा आउन हवाई भाडा संसरमै महंगो पर्ने भएकोले सरकारले नेपाल एयरलाइन्सको सञ्जाल विश्वव्यापाी बनाउनुपर्ने माग गरे।
संघका अनुसार हाल नेपालमा तारेसहतिका पर्यटकस्तरीय होटलको संख्या ४० हजार रहेको छ। हाल नेपाली होटलको अकुपेन्सी ९५ प्रतिशत रहेको छ।