झम्सिखेलमा रहेको भिभान्ता होटलमा परिकार फेस्टिभल शुरु हुने भएको छ। चिनियाँ परिकारलाई समेटेर होटलले ग्राहकहरुलाई नयाँ स्वाद र शैलीमा अभ्यस्त पार्न खोजेको जानकारी दिएको छ।
डिम सम एण्ड सुप फेस्टिभल नामको यो फेस्टिभल असार ४ देखि शुरु हुने छ। असार १४ सम्म चल्ने यसमा ग्राहकहरुका लागि होटलले दुई भिन्न सेग्मेन्टमा मेन्यु डिजाइन गरेको छ। होटलका अनुसार यो फेस्टिभलमा एपिटाइजर टाइपका परिकारमात्र हुने छन्।
चिनियाँ प्राचिन परिकार डिमसमलाई नेपाली ग्राहकमाझ स्थापित गर्न फेस्टिभल आयोजना गर्न खोजिएको होटलले जानकारी दिएको छ।
भेज, ननभेज आइटमसहित यसमा विभिन्न प्रकारका सुप,म:म पिन हुने छन्। होटलका अनुसार ६ प्रकारका सुप आइटम,६ प्रकारका ननभेज र ४ प्रकारका सदावहार सुप आइटम हुने छन्।
त्यस्तै यो फेस्टिभलमा २३ डिमसम(जस्तै म:म) आइटम हुने छन्। यसमा पनि भेज,ननभेज,सि फुड्समा हुने छन्।
खाना र स्वादका पारखीहरुका लागि यो फेस्टिभल आयोजना गरिएको होटलले जानकारी दिएको छ।
फेस्टिभल अवधिमा दिउसो १२ बजेदेखि राति ८ बजेसम्म प्रतिव्यक्ती १५ सय रुपैयाँमा स्वाद लिन पाउने छन्। यसको अर्थ दिनभर होटलमा बसेर विभिन्न स्वाद लिंएबापत् १५ सय रुपैयाँमात्र शुल्क लाग्ने छ। यसमा कल भने समावेस गरिएको छैन।
सबै तस्बिरहरु: निशा भण्डारी/ सेतोपाटी