नयाँ अर्थिक वर्षदेखि सरकराले ढुवानी व्यवसायीलाई ‘भेहिकल एण्ड कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) र ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) र हजार रुपैयाँ भन्दा ठुलो कारोबारमा प्यान अनिवार्य गर्ने भएपछि व्यावसायीहरु आन्दोलित छन् ।
आर्थिक कारोबार नै ठप्प पार्नेगरि आन्दोलित भएपछि आइबार बेलुका ४ बजे अर्थमन्त्री र व्यावसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)का प्रतिनिधि बीचमा छलफल हुने भएको छ ।
छलफलमा व्यवसायीका तर्फबाट मुख्य ४ माग राख्ने महासंघले बताएको छ ।
महासंघले भिसिटिएस तत्कालै ठूला र आयातमा मात्रै लगाउन सरकारसँग माग गर्ने बताएको छ । यस्तै उसले ६ महिनाको तालिमपछि मात्रै सबै व्यवसायमा यो नियम लागू गर्न सरकारसँग माग राख्ने छ।
तलबको लागि प्यान अनिवार्य भनिएकोमा भारतीय कामदारलाई के गर्ने भन्ने विषयमा पनि छलफल हुने महासंघले बताएको छ । सरकारले तलब लिदाँ प्यान अनिवार्य हुनुपर्ने बताएपनि विदेशी कामदारको विषयमा प्रस्ट पारेको छैन ।
एक हजार भन्दा ठुलो कारोबारमा प्यान नम्बर अनिवार्य भन्ने सरकारको नियम अव्यावहारिक भएको भन्दै यसलाई १० हजार पु¥याउनु पर्ने माग महासंघले अर्थमन्त्रीसँग राख्ने बताएको छ ।
यो बाहेक ढुवानी व्यवसायीको विषयमा पनि अर्थमन्त्रीसँग छलफल हुनेछ ।
ढुवानी व्यवसायीहरु भ्याटमा जान ६ महिनाको समय माग्ने महासंघले जनाएको छ । सरकारले कुनै तयारी नगरी नीति बनाएको भन्दै ६ महिनासम्म तयारी गरेर मात्रै लागू हुनुपर्ने उनीहरुको माग छ।