काठमाडौं भिभान्ता होटलमा राजस्थानी फुड फेस्टिभल हुने भएको छ। होटलले मारवाडी समुदाय र गैरमारवाडीलाई पनि नयाँ स्वादको अवसर दिन यो फेस्टभल आयोजना गर्न लागिएको होटलका एक्जुकेटिभ सेफ मिलिन्ड रमेश कुम्भारेले जानकारी दिए।
टेस्ट अफ राजस्थान, कुजिन अफ दि किङ नाम दिइएको यो सेसनमा होटलले राजस्थानी परिकार पस्किने छ।
सेफ मिलिन्डका अनुसार होटलमा यो फेस्टिभल १० दिन चल्ने छ। २२ अगष्टबाट शुरु भएर ३१ अगष्टमा यो फेस्टिल सम्पन्न हुने छ। यसमा पाँवटा मेन्यु छन्। शुरुका पाँच दिन फरकफरक मेन्यु हुने छन्। त्यसपछिका पाँच दिन फेरि अघिल्ला पाँच दिनका मेन्यु दोहोरिने छन्।
राजस्थानको उत्पादन र त्यहाँको लोल स्वादलाई पस्किएर नेपाल आएका मारवाडी समुदायलाई आफ्नै स्वाद दिने र मारवाडी बेगरलाई पनि नयाँ स्वाद चखाउने उद्देश्य रहेको होटलले जानकारी दिएको छ।
प्रत्येक मेन्युमा ३२ आइटम हुने छन्। यसमा स्टाटर र डेजर्ट भने दोहोरिने छ। भेज र ननभेज आइटम सबै हुने यो सेसन बेलुका साढे ६ बजेदेखि शुरु हुने छ। राति साढे १० बजे यो सकिने छ।
यही बीचमा मेन्युमा भएका आइटम सबै खाए बापत् ग्राहकले १७ सय रुपैयाँ तिर्नुपर्ने छ। १७ सय रुपैयाँमा सफ्ट ड्रिंक्स पनि पाइने छ। मदिरासहितको प्याकेजमा भने ग्राहकले २ हजार रुपैयाँ तिर्नुपर्ने छ। अर्थात् चार घण्टाको अवधिमा मदिनरासहित राजस्थानी खानाको स्वाद खाएमा २ हजार मदिरा रहित भए १७ सय रुपैयाँमात्र यसको मूल्य पर्ने छ।
होटलले यअसघि डिमसोम र कवाव खानाको फेस्टिभल गरिसकेको छ।