नेपालको अनलाइन सपिङ साइट दराज डटकमले दशै विशेष अफर ल्याएको छ। कम्पनीले दशैका लागि भन्दै दशै धमाका योजना ल्याएको हो।
भदौ २९ देखि शुरु भएर असोज १३ सम्म चल्ने यो योजनामा ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यो बीचमा ग्राहकले मेगा डिल्स्, दशैं दक्षिणा , मिस्ट्री बक्स्, कलेक्टिबल भाउचरहरु, गेम जोनमा सहभागी भएर लाभ लिन सक्ने छन्।
उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराज को प्राथमिकता हो । त्यसैले दराज ले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोलि आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ ।
त्यस्तै योबीचमा बैंकहरुले पनि छुट दिने छन्। दराजले ७ ठुला बैंकहरुसँगको सहकार्यमा छुट योजना ल्याएको छ। नविल, स्ट्यान्डर्ड चार्टड,सानिमा, मेगा, ग्लोबल आइएमइ, माछापुच्छ्रे र एनआइसी एसिया बैंकलाई साझेदारका रुपमा भित्र्याएको छ।
यी बैंकको कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्म छुट पाउने छन्।