नेपाल पर्यटन बोर्ड र बेलायत स्थित नेपाल राजदुतावासको सहकार्यमा विदेशमा रहेका ५ सय नेपाली रेष्टुरेन्टको सूची तयार पारिएको छ।
दुई निकायको सहकार्यमा सूची तयार पारिएको हो।
भिजिट नेपाल २०२० को अभियानलाई अघि बढाउनका लागि ती रेष्टुरेन्टलाई उपयोग गरिने बताइएको छ।
बोर्डको एक्पेरियन्स नेपाल अभियानका युरोप संयोजक दिपेश शाक्यले युरोपीय क्षेत्रमा रहेका नेपाली रेष्टुरेन्टबाट भिजिट नेपाल अभियानको प्रबर्द्धन गरिने जानकारी दिए।