चितवन स्थित मनकामना ग्रुप अन्तर्गतको जस्मिन पेन्ट्स प्रालि आफ्नो २५ वर्षको ब्यवसायीक यात्रा पूरा गरेको छ।
कम्पनीले काठमाडौंमा एक कार्यक्रम गरी रजत जयन्ती महोत्सब मनाएको छ।
२०५१ पौष ६ गतेका दिन भाडाको एउटा कोठाबाट परिवारका सदस्यहरुले सुरु गरेको कम्पनीले उच्च प्रविधिको प्रयोग गरी अन्तरराष्ट्रिय स्तरका नेपाल गुणस्तर चिन्ह प्राप्त उत्पादनहरु सहित नेपाली ग्राहकहरुको मन जित्न सफल भएको दाबी गरेको छ।
कम्पनीले यसबीचमा विभिन्न अवार्ड पनि पाएको छ। उसले नेपाल बेस्ट ब्रान्ड अवार्ड र इन्टरनेशनल बिड क्वालिटी एचिभमेन्ट अवार्ड २०१८ पनि पाएको थियो।
यसबीचमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको जानकारी दिएको छ।