भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । कम्पनीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरेको हो।
कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल प्लेटफर्म तथा ई कमर्श प्लेटफर्मको ठुलो भुमिका हुने बताए । उनले रिचार्जरले मात्र भ्रमण वर्ष सचिवालयसँग भएको सम्झौता अनुसार ठूलो संख्यामा पर्यटकहरु भित्र्याउनेमा आफु आशावादी रहेको बताए।
भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्धेश्यले आगामी जनवरी २० तारिखका दिन नेपालकै ई कमर्स प्लेटफर्मका रुपमा स्थापित रिचार्जरले विभिन्न किसिमका भ्रमण प्याकेजसहित बिग सेल मेला सञ्चालन गर्ने भएको हो । भ्रमण वर्ष २०२० को अफिसियल इकमर्श प्लेटपर्म समेत रहेको रिचार्जरले बिग सेलमा आकर्षक छुटमा वस्तु तथा सेवा उपलब्ध गराउने छ ।
स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ‘रिचार्जर बिग सेल २०२० को तयारी अन्तिम चरणमा पुगेको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनका अनुसार रिचार्जरले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै २ हजार २० रुपैंयादेखि २ लाख रुपैंयासम्ममा आकर्षक भ्रमण प्याकेजहरु उपलब्ध गराउने छ । जनवरी ५ तारिखका दिनदेखि रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालन गर्नेहरुलाई विभिन्न किसिमका उपहारहरु समेत बितरण गरिने ग्लाइडरले बताए ।